मेयर बालेन जोशिएपछि व्यापारीले आफैं हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

नेपालभ्युज

मेयर बालेन जोशिएपछि व्यापारीले आफैं हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरू हटाउन थालेपछि ठूला व्यापारिक भवनहरूले आफैं पार्किङ खाली गर्न थालेका छन् । यसै क्रममा बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।

महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फूर्तरूपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वरको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।

३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved