सशस्त्र बल थप्न पुटिनको आदेश, युक्रेनसँगको लडाइँ सशक्त बनाउने

युक्रेनसँगको लडाइँ कमजोर हुन थालेपछि यसलाई बलियो बनाउन पुटिनले सशस्त्र बल थप्ने आदेशमा हस्ताक्षर गरेका हुन् । अब सशस्त्र बलको संख्या ११ लाख ५० हजार जना पुग्नेछ ।

नेपालभ्युज

सशस्त्र बल थप्न पुटिनको आदेश, युक्रेनसँगको लडाइँ सशक्त बनाउने
फाइल तश्वीर

मस्को। रुसका राष्ट्रपति भ्दादिमिर पुटिनले  देशको सशस्त्र बलमा १ लाख ३७ हजार कर्मचारी थपिने आदेशमा हस्ताक्षर गरेका छन्। युक्रेनसँगको लडाइँ कमजोर हुन थालेपछि यसलाई बलियो बनाउन पुटिनले सशस्त्र बल थप्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।

रुसमा हाल १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारीको सीमा छ। अब यसलाई बढाएर रूसी सशस्त्र बलको संख्या ११ लाख ५० हजार पुग्नेछ । भ्लादिमिर पुटिनले ठूलो आर्थिक प्रोत्साहनसहित नयाँ सैन्य भर्ति अभियान थाल्ने तयारी गरिरहेको पनि बीबीसीले जनाएको छ । युक्रेन युद्धमा ठूलो संख्यामा सैनिक गुमाएको रुसका लागि नयाँ सैन्य भर्ति निकै जरुरी रहेको खबरमा उल्लेख छ ।

यस्तै, जेलमा रहेका कैदीलाई पनि आर्थिक प्याकेज दिएर सेनामा भर्ती गर्न थालिएको बेलायती अधिकारीले दाबी गर्दै आएका छन् ।  रुसले सुरुमा फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्दा छोटो र निर्णायक अभियानको वाचा गरेको थियो तर उग्र युक्रेनी प्रतिरोधले रुसको महत्वकांक्षा रोकेको छ ।

रुसले सुरुमा कब्जामा लिएका क्षेत्र पनि जोगाउन अहिले मुश्किल पर्दै गईरहेको छ ।   अध्यादेशले यसका लागि संघीय बजेटबाट रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved