काठमाडौं मलको अनधिकृत संरचनामा महानगरको डोजर

नेपालभ्युज

काठमाडौं मलको अनधिकृत संरचनामा महानगरको डोजर
फाइल तश्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामाथि डोजर चलाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरूले अनधकिृत रुपमा नक्साविपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए । जसका कारण भूमिगत पार्किङमा समस्या थपेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा राणासहितको टोली पनि सो स्थानमा पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved