युक्रेनको स्वतन्त्रता दिवस पारेर रुसले ठूलो आक्रमण गर्ने अनुमान, सामूहिक भेला हुन प्रतिवन्ध

बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन सरकारले सामूहिक कार्यक्रम नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

युक्रेनको स्वतन्त्रता दिवस पारेर रुसले ठूलो आक्रमण गर्ने अनुमान, सामूहिक भेला हुन प्रतिवन्ध
युद्धका क्रममा युक्रेनले ध्वस्त पारेका रुसी ट्यांक कीभको सडकमा प्रदर्शनी गरिँदै । तश्वीर; टेलिग्राफ

कीभ । रुसी आक्रमणको डरका कारण युक्रेनमा आउँदो बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ ।

बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन सरकारले सामूहिक कार्यक्रम नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा  मङ्गलवार बेलुकादेखि बिहीवार बिहानसम्म कर्फ्यु पनि घोषणा गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशको स्वतन्त्रता दिवसको अवसरमा रुसले थप क्रुरता प्रदर्शन गर्न सक्ने चेतावनी दिएका छन् । राजधानी किएभबाट रातको दैनिक सम्बोधनमा बोल्दै जेलेन्स्कीले मस्कोले युक्रेनमाथि थप अनियन्त्रित आक्रमण गर्न सक्ने र दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पक्राउ परेका युक्रेनी सेनालाई मुद्दा चलाउन सक्ने जोखिम रहेको पनि उल्लेख गरेका छन ।

रुसले कब्जा गरेका सबै क्षेत्र छिट्टै पुनः आफ्नो नियन्त्रणमा ल्याउने र उसको आतङ्कलाई दण्डित गर्ने पनि राष्ट्रपति जेलेन्स्कीले बताएका छ । रुसले आक्रमण थालेको पनि संयोगले विहीबार नै ६ महिना पूरा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved