मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु, एक अचेत

नेपालभ्युज

मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु, एक अचेत

सुर्खेत । मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना अचेत भएका छन् । छायाँनाथ रारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर मृत्यु भएको छ, भने शेरबहादुर बुढा अचेत भएका छन् ।

बिहीबार बेलुकी करिब पाँच बजेतिर परेको चट्याङ लागेर पाटनको बागजाउलामा भेडा चराइरहेका कुमाइको मृत्यु भएको छायाँनाथ रारा नगरपालिका–११ की वडा अध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् ।

अचेत भएका बुढा एक घण्टापछि होसमा आएको र उनलाई घर ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
प्रहरीका अनुसार अचेत भएका बुढालाई घरमा ल्याइएको र मृत्यु भएका कुमाईलाई जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved