राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

नेपालभ्युज

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले संसदमा राष्ट्रपति भण्डारीबाट फिर्ता भएको नेपाल नागरिकता विधेयक २०७९ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन माग गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गराएका थिए।

बिहीवार साँझ प्रतिनिधि सभामा भएको मत विभाजनमा विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ । बैठकमा उपस्थित संख्या १९५ रहेको थियो ।

विधेयकको पक्षमा कांग्रेस, माओवादी लगायत सत्ता पक्षले मतदान गरेका थिए भने नेकपा एमाले, नेमकिपा लगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् ।

सं‌विधानमा राष्ट्रपतिलाई एकपटक मात्रै विधेयक फिर्ता गर्ने अधिकार दिएको छ। विधेयक पुन: दुवै सदनबाट पारित भए राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते उक्त विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved