धेरै ठाउँमा विहानैदेखि चर्को घाम, कर्णाली र सुदूरपश्चिमका केहि ठाउँमा वर्षा

अघिल्ला वर्षहरुमा मनसुनको बेलामा यसरी चर्का घाम कमै लाग्ने गरेको भएपनि यसपटक साउन लागेदेखि नै चर्को घाम लागिरहेको मौसमविद्ले बताएका छन् ।

नेपालभ्युज

धेरै ठाउँमा विहानैदेखि चर्को घाम, कर्णाली र सुदूरपश्चिमका केहि ठाउँमा वर्षा
सांकेतिक तश्वीर

काठमाडौं।  देशका धेरै ठाउँमा विहानैदेखि चर्को घाम लागेको छ । अघिल्ला वर्षहरुमा मनसुनको बेलामा यसरी चर्का घाम कमै लाग्ने गरेको भएपनि यसपटक साउन लागेदेखि नै चर्को घाम लागिरहेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved