युएई अमेरिकासँग एक विकेटले पराजित

नेपालभ्युज

युएई अमेरिकासँग एक विकेटले पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ । स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।

युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरेको यूएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन जोन्सले ५१ रन बनाए । युएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved