भक्तपुरका भ्यागुतालाई भोज खुवाइँदै

भोजका परिकारमा क्वाँटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामग्री हुन्छ। भ्यागुतालाई भोज राखिदिएपछि किसानले पनि त्यही खेतमै भोज खाएर घर फर्कन्छन् ।

नेपालभ्युज

भक्तपुरका भ्यागुतालाई भोज खुवाइँदै

भक्तपुर। भक्तपुरमा भ्यागुतालाई आज (बिहीबार) भोज खुवाइँदैछ। जनैपूर्णिमाको अघिल्लो दिन आ–आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउने परम्परा छ ।

आज क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ। यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ। भ्यागुतालाई भोज खुवाउन किसान आ–आफ्नो खेतमा पुग्ने गर्दछन् ।

घरमै तयार गरेको भ्यागुताको भोज खेतको डिलमा लगेर खुवाउने चलन छ। भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसान नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिनाउँछन् । व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हो।

भोजका परिकारमा क्वाँटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामग्री हुन्छ। भ्यागुतालाई भोज राखिदिएपछि किसानले पनि त्यही खेतमै भोज खाएर घर फर्कन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved