नर्भिक अस्पतालका टहरा तत्काल नभत्काउने सहमति

नेपालभ्युज

नर्भिक अस्पतालका टहरा तत्काल नभत्काउने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । टहरा भत्काउन भन्दै मेयर बालेन्द्र शाह मंगलबार दिउँसो अस्पताल पुगेका थिए ।

तर तत्काल टहरा नभत्काउने सहमति भएपछि उनी फर्किएका छन् । त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे इन्जिनियरसँग छलफल गरेपछि मात्रै थप कदम चाल्ने सहमति भएको छ । महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले अस्पतालको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्न २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ । तर, अस्पतालले भने सरकारसँग सहमति गरेरै टहरा बनाएको भन्दै जग्गा खाली गर्ने भए तीन महिनाको समय चाहिने अडान राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved