पहिलो दिन ५ राजनीतिक दलले गराए दल दर्ता

नेपालभ्युज

पहिलो दिन ५  राजनीतिक दलले गराए दल दर्ता
फाइल तस्वीर

काठमाडौं ।   प्रतिनिधि  र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि शुरु दल दर्ताको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन दलहरुलाई  आयोगले दल दर्ताको लागि यसअघि नै  आह्वान गरेको थियो ।

पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी , दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार तेस्रो नम्बरमा  नेपाल समावेशी पार्टी, चाैथो नम्बरमा हाम्रो नेपाली पार्टी र पाँचाैंमा पुनर्जागरण पार्टी नेपाल दर्ता भएको  छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो । साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्न निवेदन दिन सक्नेछन्।  दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला रहने आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved