चीनको सैन्य अभ्यास एसियाको शान्ति र स्थायित्वका लागि खतरा : ताइवान

बीबीसीलाई दिएको अन्तरवार्तामा वुले चीनको सैन्य अभ्यासका कारण सयौँ जहाज, विमानले मार्ग फेर्नु परेको भन्दै चीनको व्यवहार अत्यन्तै उक्साउने खालको र क्षेत्रीय शान्ति र स्थिरताका लागि जोखिमयुक्त रहेको बताए ।

नेपालभ्युज

चीनको सैन्य अभ्यास एसियाको शान्ति र स्थायित्वका लागि खतरा : ताइवान

काठमाडौं। ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले जारी राखेको प्रत्यक्ष सैन्य अभ्यास एसियाको शान्ति तथा स्थायित्वका लागि खतरा हुने बताएका छन्।

बीबीसीलाई दिएको अन्तर्वार्तामा वुले चीनको सैन्य अभ्यासका कारण सयौँ जहाज, विमानले मार्ग फेर्नुपरेको भन्दै चीनको व्यवहार अत्यन्तै उक्साउने खालको र क्षेत्रीय शान्ति र स्थिरताका लागि जोखिमयुक्त रहेको बताए ।

वूले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको खुलेर स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायलाई ताइवान लोकतन्त्र हो भनेर विश्वस्त गराउन पनि सभामुख पेलोसीजस्ता ठूला नेताहरूले ताइवान भ्रमण गर्नु निकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved