हामी एक चीन नीतिको दृढतापूर्वक समर्थन गर्छाैं : नारायणकाजी श्रेष्ठ

नेपालभ्युज

हामी एक चीन नीतिको दृढतापूर्वक समर्थन गर्छाैं : नारायणकाजी श्रेष्ठ

काठमाडाैं   । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक चीन नीतिको दृढतापूर्वक समर्थन गर्ने बताएका छन् । बिहीबार फेसबुकमा एक सन्देश शेयर गर्दै नेता श्रेष्ठले ताइवान मामिला उनीहरूको आन्तरिक र आपसी मामिला भएको बताउँदै समस्याको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् ।

उनले लेखेका छन,  ‘यो एक चीन नीतिको सह- निष्कर्ष हो। हामी चाहन्छौं, शान्तिपूर्ण पुन:एकीकरण वा शान्तिपूर्ण समाधान होस्।’

उनले  कसैलाई  पनि यसको मर्म विरुद्ध जान र द्वन्द्व वा तनाव चर्काउने काम नगर्न  चेतावनी समेत दिएका छन्  ।  ‘कसैले पनि यसको मर्म  विरुद्ध जाने र द्वन्द्व वा तनाव चर्काउने काम नगरोस्,’ उनले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved