चौधर नदीको बाढी बस्तीमा पस्यो, उद्धारमा खटिए प्रहरी र स्थानीय

नेपालभ्युज

चौधर नदीको बाढी बस्तीमा पस्यो, उद्धारमा खटिए प्रहरी र स्थानीय

कञ्चनपुर। चौधर नदीको बाढी कञ्चनपुरको वेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए ।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved