तालिबान सेना र इरानी फौजबीच सीमा क्षेत्रमा भिडन्त, एक सैनिकको ज्यान गयो

दुई देशको सीमामा भएको भिडन्तमा एक जना तालिबान सेनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

तालिबान सेना र इरानी फौजबीच सीमा क्षेत्रमा भिडन्त, एक सैनिकको ज्यान गयो

काठमाडौं। अफगानिस्तानका तालिबान सेना र इरानका सीमा रक्षकबीच भिडन्त भएको छ । दुई देशको सीमामा भएको भिडन्तमा एक जना तालिबान सेनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

तालिबानले अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डको सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा उनीहरूको एक सैनिक मारिएको जनाएको छ।

भिडन्तको दोष दुवै देशले एक अर्कालाई लगाएका छन् ।  निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले रोयटर्स समाचार एजेन्सीलाई इरानी सुरक्षा गार्डका कारण भिडन्त भएको  र आफ्नोतर्फ एक जनाले ज्यान गुमाएको र अर्का एकजना घाइते भएको बताएका छन् ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार  तालिबान सेनाले इरानको क्षेत्रमा  झण्डा फहराउन खोजेपछि झडप सुरु भएको थियो र केही मिनेट सम्म गोलीबारी भएको थियो।

गएको महिना पनि साेहि क्षेत्रमा भएको झडपमा एक इरानी सुरक्षा फाैजको ज्यान गएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved