अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। समितिले शर्मालाई निर्दोष ठहर गरेको प्रतिवेदन बुझाएको दुई दिनमै पुन उनलाई सोही मन्त्री नियुक्त गरिएको हो।

नेपालभ्युज

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुन: अर्थमन्त्री नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेकी हुन्।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। समितिले शर्मालाई निर्दोष ठहर गरेको प्रतिवेदन बुझाएको दुई दिनमै पुन: उनलाई सोही मन्त्री नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्त गरिएको उल्लेख छ।

आजै बिहान नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन भनेका थिए।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved