जसपाबाट फुटेर बन्ने नयाँ दलको नाम ‘नेपाल समाजवादी पार्टी’

नेपालभ्युज

काठमाडौं । डाक्टर बाबुराम भट्टराई नेतृत्वमा बन्ने नयाँ पार्टीको नाम नेपाल समाजवादी पार्टी हुने निश्चित भएको छ । निर्वाचन आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाईएको हो ।

आयोगमा नाम अद्यावधिक गर्न दिएको निवेदन स्विकृत भएपछि अब भट्टराई समूहको नयाँ दलको नाम जुरेको छ । निर्वाचन आयोगले यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम भट्टराई समूहको आग्रहमा परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष रहेका भट्टराईले पार्टीमा विवाद उत्कर्षमा पुगेपछि नयाँ दल खोल्ने तयारी गरेका छन् । पार्टीको चुनाव चिन्ह आँखा हुने भएको छ । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

केन्द्रीय समितिको बैठक बसेर नेतृत्वबारे टुङ्गो लगाईने नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । नयाँ पार्टीको विधान तयार भैसकेको छ । विधानमा तीनजना अध्यक्षको व्यवस्था गरिएको छ । तर को-को अध्यक्ष हुने भन्नेमा छलफल भैरहेको श्रेष्ठले बताए । केहीदिनभित्रै त्यसको टुङ्गो लगाएपछि औपचारिक रुपमा नयाँ दल घोषणा गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved