कोहलपुरमा होटल सञ्चालन गर्दै आएका दम्पतिको हत्या

नेपालभ्युज

नेपालगन्ज । बाँकेमा होटल सञ्चालन गर्दै आएका एक दम्पतीको हत्या भएको छ । कोहलपुर नगरपालिका-१४ पार्वतीपुर नजिकै ओडारपुरमा होटल चलाउँदै आएका २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी २३ वर्षीया पत्नी अञ्जलीको  सोमबार राति हत्या भएको हो ।

दम्पतीको हत्या कसले गर्‍यो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ । गडेरियाका बुबा-आमा तीर्थ गएका थिए । कृष्णकुमारका दाजु-भाउजुले होटलको माथिल्लो तलामा सुतेकाले घटनाबारे थाहा नपाएको बताएका छन् । कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ ।

उनीहरूको बिहे भएको एक वर्ष भएको थियो । दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या भएको देखिएकाले सोही अनुसार अनुसन्धान अघि बढाएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved