बादलनिकट ट्रेड युनियनको केन्द्रीय कार्यालय टिम गठन

माओवादी समर्थक मजदूर नेतालाई कारवाही

नेकपा विभाजनपछि एमाले बनेका पूर्वमाओवादी नेता थापा समर्थक यो युनियनको एमालेनिकट जिफन्टसँग कार्यगत एकता हुन सकेको छैन। जसकारण बादल समर्थक मजदूर नेताहरू छुट्टै युनियनमार्फत संघर्ष गरिरहेका छन्।

नेपालभ्युज

बादलनिकट ट्रेड युनियनको केन्द्रीय कार्यालय टिम गठन
फाइल तस्वीर।

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)निकट ट्रेड युनियनको केन्द्रीय कार्यालय टिम गठन भएको छ।

पूर्वमाओवादी नेता बादल समर्थक अखिल नेपाल ट्रेड युनियन महासंघ सातौंको केन्द्रीय समितिको बैठकले लालबहादुर थापा ‘अशोक’को अध्यक्षतामा १९ सदस्यीय कार्यालय टिम गठन गरेको हो।

टिममा राज कुमार हुमाँगाई, नारायण लावती, रामहरि थापा‘मिलन’, विजय खड्का, अमृतकुमार श्रेष्ठ, कविराज रम्तेल, देबेन्द्र रोक्का, मनिश लामा, भूपेन्द्र धिताल र सुजन धिमाल रहेका छन्। यसैगरी वीरबहादुर लामा, जीतकुमार राई, चिना कुमार तामाङ्ग, दिनेशचन्द्र खनाल, गणेश जोशी, रत्नबहादुर तामाङ्ग, कृष्ण गौरीबाघ र हेम गिरी कार्यालय टिममा छन्।

पूर्वमाओवादी समर्थक यो मजदूर युनियन बादल एमालेमै रहेपछि बादलको समर्थनमा एमालेअन्तर्गत नै रहेको थियो।नेकपा विभाजनपछि एमाले बनेका पूर्वमाओवादी नेता थापा समर्थक यो युनियन र एमालेको जीफन्टबीच कार्यगत एकता हुन नसकेका कारण बादल समर्थक मजदूर नेताहरू छुट्टै युनियनमार्फत एमालेभित्र संघर्ष गरिरहेका छन्।

यसैगरी युनियनको उक्त बैठकले नेकपा विभाजनपछि माओवादीलाई समर्थन गरेका मजदूर नेताहरूलाई कारवाही पनि गरेको छ। बैठकले कार्यवाहक महासचिवको जिम्मेवारी कविराज रम्तेललाई दिने निर्णय गरेको छ।

यसैगरी आगामी फागुनमा महाधिवेशन गरेर सबै पेशाको केन्द्रीय समिति निर्माण गर्ने निर्णय उक्त बैठकले गरेको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved