विकासका लागि समन्वय आवश्यक : प्रधानमन्त्री देउवा

नेपालभ्युज

विकासका लागि समन्वय आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देशको समग्र विकासका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको बताएका छन्।

६० औं इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताएका हुन्।

कार्यक्रममा उनले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको भन्दै इन्जिनियरलाई दक्ष बनाउन सरकारले सहयोग गर्ने पनि बताए।

राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियर नै भएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved