आईओएमको वार्षिकोत्सवमा भोलि यी तीन अस्पतालको सेवा बन्द (पत्रसहित)

आईओएमकी डिन डा. दिव्या सिंह शाहले लेखेको उक्त पत्रमा राष्ट्रपति सहभागी हुने कार्यक्रममा सबै विभागका विभागीय प्रमुखसहितका सबै उपस्थित हुनका लागि सेवा बन्द गर्न भनिएको छ।

नेपालभ्युज

आईओएमको वार्षिकोत्सवमा भोलि यी तीन अस्पतालको सेवा बन्द (पत्रसहित)

काठमाडौं। चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औँ वार्षिकोत्सवको अवसरमा भोलि आइतबार त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रको सेवा बन्द हुने भएको छ।

आईओएमको डिनको कार्यालयले पत्र काटेर वार्षिकोत्सवको सप्ताहव्यापी कार्याक्रम अन्तर्गत भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा कार्यक्रम हुने भएकाले तीन ओटै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको हो।

आईओएमकी डिन डा. दिव्या सिंह शाहले लेखेको उक्त पत्रमा राष्ट्रपति सहभागी हुने कार्यक्रममा सबै विभागका विभागीय प्रमुखसहितका सबै उपस्थित हुनका लागि सेवा बन्द गर्न भनिएको छ।

पत्रमा लेखिएको छ, ‘सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मिति २०७९/०४/०१ गते सम्माननीय राष्ट्रिपतिज्यूको समउपस्थितिमा उक्त दिन त्यस अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी विभागीय प्रमुख लगायत सम्पूर्ण फ्याकल्टीहरुलाई उपस्थित गराई दिनुहुन अनुरोध गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved