ख्वप अस्पतालमा भदौदेखि प्रसूति सेवा

नेपालभ्युज

ख्वप अस्पतालमा भदौदेखि प्रसूति सेवा

भक्तपुर। भदौ महिनाबाट ख्वप अस्पतालमा प्रसूति सेवा शुरू हुने भएको छ।

गर्भवती महिलाले बच्चा जन्माउनकै लागि काठमाडौंका अस्पतालमा धाइरहनु पर्ने समस्या अन्त्य गर्न प्रसूति सेवा शुरू गर्न लागेको ख्वप अस्पतालका डा रत्नसुन्दर लाछिवाले बताए।

“भदौ महिनाबाट ख्वप अस्पतालमा प्रसूति सेवा शुरू हुन्छ,” उनले भने, “सुत्केरी हुन निजी अस्पतालमा गएर गर्भवती र उनको परिवारले धेरै पैसा खर्च गर्नुपर्ने अवस्था हट्छ।”

ख्वप अस्पतालमा प्रसूतिसेवा बाहेक अन्य मानसिक स्वास्थ्य, मुटुसम्बन्धी उपचारको सेवा समेत थप गर्दै लैजाने तयारी भइरहेको उनले बताए। ख्वप अस्पतालले २३ जेठ २०७९ मा सय बेडको स्वीकृति पाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved