एकै दिन थपिए १२१ जना कोरोना संक्रमित

नेपालभ्युज

एकै दिन थपिए १२१ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टाभित्र देशभर १२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४५ जनाको कोरोना परीक्षण गरिएको थियो।

एक हजार ७०० जनाको पीसीआर र एक ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६७८ जना सक्रिय संक्रमित छन्। आज १७ जना संक्रमित कोरोना संक्रमणमुक्तसमेत भएका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन। हिजो १०० जना कोरोना संक्रमित थपिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved