यस्तो छ स्वास्थ्य राज्यमन्त्रीको कार्यविभाजन

विशीष्टीकृत अस्पताल सेवाप्रवाहको अनुगमन गर्ने जिम्मा

राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ।

नेपालभ्युज

यस्तो छ स्वास्थ्य राज्यमन्त्रीको कार्यविभाजन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्यविभाजन भएको हो।

जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ।

यस्तै, मन्त्रालय वा सोअन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने रहेको छ।

यस्तै, विशीष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ।

विशीष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved