चीनबाट खतरा बढेको भन्दै अमेरिकी र बेलायती जासूसी संस्थाका प्रमुखको संयुक्त चेतावनी

अमेरिकी जासूसी संस्था एफबीआईका निर्देशक क्रिस्टोफर व्रेले चीन पश्चिमा जगतको आर्थिक र राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन ठूलो खतरा भएको उल्लेख गरे। पछिल्ला चुनावहरू लगायत आन्तरिक राजनीतिमा चीनले हस्तक्षेप गरेको आरोप समेत उनले लगाए।

नेपालभ्युज

चीनबाट खतरा बढेको भन्दै अमेरिकी र बेलायती जासूसी संस्थाका प्रमुखको संयुक्त चेतावनी

काठमाडौं। चीनको खतराबाट सचेत गराउन भन्दै बेलायती र अमेरिकी जासुसी संस्थाका प्रमुखहरूले पहिलोपटक सार्वजनिक रूपमा संयुक्त उपस्थिति देखाएका छन्।

बेलायती जासूसी संस्था ‘एमआईफाइभ’को लण्डन, थेम्स हाउसस्थित मुख्यालयमा दुवै जासूसी संस्थाका निर्देशकले आफ्ना धारणा राखेका थिए। विभिन्न क्षेत्रका सिईओ र विभिन्न विश्वविद्यालयका वरिष्ठ व्यक्तिहरू सहभागी भएको एक कार्यक्रममा उनीहरूले सम्बोधन गरेका थिए।

अमेरिकी जासूसी संस्था एफबीआईका निर्देशक क्रिस्टोफर व्रेले चीन पश्चिमा जगतको आर्थिक र राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन ठूलो खतरा भएको उल्लेख गरे। पछिल्ला चुनावहरू लगायत आन्तरिक राजनीतिमा चीनले हस्तक्षेप गरेको आरोप समेत उनले लगाए।

एमआईफाइभका प्रमुख केन म्याकक्यालुमले पछिल्लो तीन वर्षमा आफूहरूले चिनियाँ गतिविधिविरूद्ध दोब्बरभन्दा बढी काम गरेको र अझ बढाउने बताए। सन् २०१८ को तुलनामा अहिले एमआईफाइभले चिनियाँ कम्युनिष्ट पार्टीका गतिविधिको अनुसन्धानलाई सात गुणाले बढाएको उनले थपे।

एफबीआईका निर्देशक व्रेले चीनले जबरजस्ती ताइवान कब्जा गर्न थालेकोप्रति चेतावनी दिए।

चिनियाँ कम्युनिष्ट पार्टीले दिएको चुनौती ‘गेम-चेन्जिङ’ भएको म्याकक्यालुमको ठम्याई छ। व्रेले यसलाई ‘अत्याधिक’ र ‘सासै लिने’ संज्ञा दिएका छन्।

एफबीआई प्रमुख व्रेले चीनले प्रविधि चोरिरहेको आरोप समेत लगाए।

एमआईफाइभ प्रमुख म्याकक्यालुमले ३७ ओटा देशमा साइबर खतरा बढेको बताए। उनले एकजना बेलायती उड्डयन विज्ञलाई चिनियाँहरूले प्रयोग गरेर सैन्य विमानको प्राविधिक सूचना लिएको समेत खुलाशा गरे।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved