दार्चुलामा तुइन चुँडिदा भारतबाट गाउँ फर्कँदै गरेका युवा बेपत्ता

दार्चुला ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा एक युवा बेपत्ता भएका छन्। गतवर्ष भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता भएको वर्ष दिन नपुग्दै अर्को नदीबाट बेपत्ता भएका हुन्।

नेपालभ्युज

दार्चुलामा तुइन चुँडिदा भारतबाट गाउँ फर्कँदै गरेका युवा बेपत्ता
फाइल फोटो, घटनासँग सम्बन्धित छैन।

काठमाडौं। दार्चुला ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा एक युवा बेपत्ता भएका छन्। गतवर्ष भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता भएको वर्ष दिन नपुग्दै अर्को नदीबाट बेपत्ता भएका हुन्।

बुधबार तुइन तर्ने क्रममा ब्यास गाउँपालिका– २ कै १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्। तुइन चुँडिदा उनी नदीमा खसेर बेपत्ता भएका व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

उनले टेलिफोनमा नेपाल भ्यूजसँग भने ‘‘तुइनबाट वारपार गर्नु अवैध मानिन्छ। तर छोटो बाटो भएकाले तुइनबाटै पार गर्न बाध्य छन् मानिसहरू। सोही क्रममा २ नबर वडाका सचिन बुढाथोकी नेपाल आउँदा तुइन बाँधेको पोल भाँचिएर उनी खोलामा खसेको भन्ने जानकारी आएको छ।’’ घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी भारतबाट गाउँ फर्किन तुइन तनै लागेका थिए। बेपत्ता युवकको जिल्ला प्रहरी कार्यालयको वडा नम्बर २ कै अस्थायी प्रहरी पोस्टका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोजी गरिरहेका प्रहरीले जनाएको छ।

गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए। भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved