अर्थमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो : योगेश भट्टराई

नेपालभ्युज

अर्थमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो : योगेश भट्टराई
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन्।

बुधबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए। उनले सरकारी डकुमेन्ट गायब बनाएको र सीसीटीभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे।

उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाइ छ। उनले छानबिन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।

त्यस्तै उनले सीसीटीभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved