विनोद शाही मृत्यु प्रकरण- मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेकी पञ्चदेवलकी मेयर अम्बिका चलाउनेलगायत तीन जनामाथि मुद्दा नचल्ने भएको छ। शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै जनामाथि मुद्दा नचल्ने भएको हो।

नेपालभ्युज

विनोद शाही मृत्यु प्रकरण- मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने

डोटी। अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेकी पञ्चदेवलकी मेयर अम्बिका चलाउनेलगायत तीन जनामाथि मुद्दा नचल्ने भएको छ। शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै जनामाथि मुद्दा नचल्ने भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामको टोलीले गरेको अनुसन्धानमा मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कौशल ढुङ्गानाले मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै मेयरसहित तीन जनामाथि मुद्दा नचल्ने निर्णय गरेका हुन्।
शााहीको हत्या आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर चलाउनेसहित १२ जना नेता, कार्यकर्ताका नाममा गएको जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो।

गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित सात जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
किटानी जाहेरी दर्ता गराइएकामध्ये ६ जना अझै फरार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved