गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउनुपर्छ : सुजता कोइराला

नेपालभ्युज

गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउनुपर्छ : सुजता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा मोरङमा सग्रहालय बनाउनुपर्ने बताएकी छन्।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा उनले विराटनगरको जुटमिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई आफ्ना पितासमेत रहेका गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।

उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरू रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्। नेतृ कोइरालाले संग्रहालय बनाउन सके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved