बालाजुमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, २२ वर्षीय युवकको मृत्यु

नेपालभ्युज

बालाजुमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, २२ वर्षीय युवकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा परी सख्त घाइते भएका परियारलाई उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा लगिएको थियो। उनको त्यहीँ  मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved