ट्राफिक प्रहरीले खोजिदियो हराएका २० मोटरसाइकल

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा ४६३ ओटा हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाएको छ।

नेपालभ्युज

ट्राफिक प्रहरीले खोजिदियो हराएका २० मोटरसाइकल

काठमाडौं। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल खोजेर धनीलाई बुझाएको छ।

सोमबार ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमबीच १७ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले हस्तान्तरण गेका हुन्।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदनपश्वात् परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको जानकारी उनले दिए।

उनले भने, “हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकल बरामद गर्छ, चोरीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौं ।”

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा ४६३ ओटा हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाएको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिलाई कारवाहीका लागि प्रहरी वृत्तहरूमा पठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved