एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भएको छैन : परराष्ट्र

६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो।

नेपालभ्युज

एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भएको छैन : परराष्ट्र

काठमाडौं। परराष्ट्र मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सहभागी हुने नहुने विषयमा पत्राचार गर्न बाँकी रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी एसपीपी सम्बन्धमा अध्ययन भइरहेको जानकारी गराएको हो।

प्रवक्ता सेवा लम्सालका अनुसार एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णबारे उपयुक्त समयमा अमेरिकालाई पत्र पठाइने छ। एसपीपीबारे विगतमा भएका निर्णयबारे परराष्ट्रको संलग्नता नरहेको उनले बताइन्।

प्रवक्ता लम्सालले भनिन्, ‘‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ। परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्नेछ।’’

६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved