नेपाल आयो २३ लाख डोज फाइजर खोप

नेपालभ्युज

नेपाल आयो २३ लाख डोज फाइजर खोप

काठमाडौं। ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोभिडविरुद्धको थप २३ लाख डोज फाइजर पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ।

कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा फाइजरको पेडियाट्रिक खोप आइतबार काठमाडौं आइपुगेको हो। सरकारले यही ९ असारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलोपटक कोरोनाविरुद्धको खोप दिन शुरु गरेका थियो।

पहिलो चरणमा २७ जिल्ला र दोस्रो चरणमा ५० जिल्लामा ५ भदौदेखि खोप अभियान सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved