प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने कार्यनीति तयार

नेपालभ्युज

प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने कार्यनीति तयार

काठमाडौं। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने कार्यनीति बनाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति ९२०७७/०७८ देखि २०८७/८८० सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रूपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने कार्यनीति बनाएको जानकारी दिएको हो।

कार्यनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, जेष्ठ नागरिक, वातावरणीय स्वास्थ्य आदिको व्यवस्थापन गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ। नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो। रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए। सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको बताए।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए। उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए।

धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेकाले निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउन आवश्यक रहेको बताए।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवर्द्धन गर्नका लागि रणनीति ल्याइएको बताइन्।

महाशाखाका अस्पताल नर्सिङ प्रशासक बाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पुर्‍याउनका लागि रणनीति ल्याइएको बताइन्।

यस्तै, विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ’ रणनीतिमा उल्लेख गरिएको छ।

नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ।

अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन्।

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ। रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved