हैजाबाट जोगिन पानी कसरी उमाल्ने ?

भिब्रिओ कोलेरा भएको पानीबाट यो ब्याक्टेरिया फैलिने भएकाले पानीलाई प्रदूषणरहित बनाउनु नै यसबाट बच्ने उत्तम तरिका हो।

नेपालभ्युज

हैजाबाट जोगिन पानी कसरी उमाल्ने ?

काठमाडौं। काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजाको पुष्टि भएपछि महामारीका रुपमा फैलने त्रास बढेको छ।

उपत्यकाकै केही स्थानका पानीमा हैजाका किटाणु देखिएपछि सरकारले सरसफाइमा ध्यान दिन अनुरोध समेत गरेको छ।

भिब्रिओ कोलेरा नामक ब्याक्टेरियाको संक्रमणबाट हुने यो रोगले महामारीको रूप लिएको इतिहास छ। कुनै समय काठमाडौं लगायतका विभिन्न ठाउँमा याे ठूलो महामारी बन्ने गरेको थियो। त्यही इतिहासका कारण पनि यसले त्रास सिर्जना गरेको हाे।

भिब्रिओ कोलेरा भएको पानीबाट यो ब्याक्टेरिया फैलिने भएकाले पानीलाई प्रदूषणरहित बनाउनु नै यसबाट बच्ने उत्तम तरिका हो। पानीलाई प्रदूयषणरहित बनाउने तरिकामध्ये सबैभन्दा सहज उपाय उमाल्ने हो। तर पानी उमाल्ने तरिका नजान्दा किटाणुहरू जीवित नै रहने जोखिम पनि उत्तिकै हुन्छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अनुसन्धान रिपोर्ट अनुसार हैजा, झाडापखाला, टाइफाइड लगायतका रोगका किटाणु ६५ डिग्री सेल्सियस (१४९ डिग्री फरेनहाइट) मा मर्ने गर्छन्। त्यो भनेको पानीको उम्लने तापक्रम १०० डिग्री सेल्सियसभन्दा कम नै हो। तथापि पानी उमाल्ने नाममा मनतातो बनाउने वा हल्का उमाल्ने गर्दा जोखिम बाँकी नै रहन्छ।

किटाणुरहित बनाउन कसरी उमाल्ने त पानी ? यस्ताे छ विश्व स्वास्थ्य संगठनको सुझाव :

१. पानी धमिलो छ भने राम्रोसँग फिल्टर गर्ने।

२. सफा वा फिल्टर गरिएको पानीलाई पानीका फोकाहरू मज्जाले उठ्नेगरी (भुलुक्क-भुलुक्क) उम्लने विन्दुसम्म तताउने।

३. पानीका फोकाहरू उठ्नेगरी उम्लिन लागेपछि ननिकाल्ने। कम्तिमा एक मिनेटसम्म उम्लिन दिने।

४. त्यसरी उम्लिएको पानी सफा भाँडामा राखेर राम्रोसँग ढाक्ने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved