मन्त्री फेर्ने नेकपा एसको निर्णय अपरिपक्व : दिनानाथ शर्मा

‘‘चार–पाँच महीनाको अवधिमा कुनै पनि मन्त्रीले कामको परिणाम दिन सक्दैनन्। पालो पुर्‍याउनकै लागि छिटोछिटो मन्त्री फेर्नु राम्रो होइन। ‍’’

नेपालभ्युज

मन्त्री फेर्ने नेकपा एसको निर्णय अपरिपक्व : दिनानाथ शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले तत्काल मन्त्री फेर्ने पार्टीको योजना नरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता शर्माले माओवादीभित्र मन्त्री हेरफेरको कुनै निर्णय नभएको बताए।

‘‘हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेको छैन। त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन’’,  उनले भने।

उनले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फेर्ने निर्णय अपरिपक्व भएको टिप्पणी समेत गरेका छन्।

‘‘चार–पाँच महीनाको अवधिमा कुनै पनि मन्त्रीले कामको परिणाम दिन सक्दैनन्’’, उनले भने, ‘‘उनीहरुलाई काम गर्न एउटा निश्चित अवधि दिनुपर्छ। पालो पुर्‍याउनकै लागि छिटोछिटो मन्त्री फेर्नु राम्रो होइन। ‍’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved