नयाँ पार्टी घोषणा गर्दै वामदेवले भने, ‘कम्युनिष्टहरू नमिले कांग्रेसले बहुमत ल्याउँछ’

नेपालभ्युज

नयाँ पार्टी घोषणा गर्दै वामदेवले भने, ‘कम्युनिष्टहरू नमिले कांग्रेसले बहुमत ल्याउँछ’

काठमाडौँ। नयाँ पार्टी घोषणा गर्दै नेता वामदेव गौतमले कम्युनिष्टहरू मिल्नैपर्ने अवस्था आएको बताएका छन्।

आज रिपोर्टस् नेपालमा एक कार्यक्रम राखेर उनले नेकपा एकता राष्ट्रिय अभियान नामको दल घोषणा गरेका हुन्। जसको संयोजक रहेका गौतमले कम्युनिष्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने बताए।

कम्युनिष्ट पार्टीहरू मिल्न नसके कम्युनिष्ट आन्दोलन धराशायी हुँदै जाने पनि चेतावनी दिए।

“आज मैले देखिरहेको छु। यो कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको छ,” उनले भने, “एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने, या त गठबन्धनकै सहारामा कांग्रेसले बहुमत प्राप्त गर्नेछ त्यो नभएपछि प्रतिनिधिसभा र प्रदेशसभामा सबभन्दा ठूलो पार्टी बन्नेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved