अरुको भरोसामा चल्दा घात हुन्छ, आफ्नै शक्ति निर्माण गरौँ : माधव नेपाल

‘‘अरुको भरोसामा चल्दा घात हुन्छ। हामीले आफ्नो शक्ति निर्माण गरेर अगाडि बढ्नुपर्छ’’, अध्यक्ष नेपालले भने, ‘‘अब पार्टीको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित गर्नुपर्छ।’’

नेपालभ्युज

अरुको भरोसामा चल्दा घात हुन्छ, आफ्नै शक्ति निर्माण गरौँ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा अरुको भर नपर्ने बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकमा उनले अब पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।

‘‘अरुको भरोसामा चल्दा घात हुन्छ। हामीले आफ्नो शक्ति निर्माण गरेर अगाडि बढ्नुपर्छ’’, अध्यक्ष नेपालले भने, ‘‘अब पार्टीको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित गर्नुपर्छ।’’

अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने उनले बताए। ‘‘हामीले १६५ क्षेत्रमा उम्मेदवारीको तयारी गर्नैपर्छ। प्रदेशसभाका ३३० क्षेत्रको जिम्मेवारी दिनैपर्छ। भोलि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक चाहिन्छ’’, उनले भने, ‘‘समानुपातिक मत बनाउन सकियौँ भने सीट संख्या बढाउन सकिन्छ।’’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरे। सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने उनको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved