नेकपा एसका मन्त्रीसहित १० सांसदले मागे संसदीय दलको बैठक

नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।

नेपालभ्युज

नेकपा एसका मन्त्रीसहित १० सांसदले मागे संसदीय दलको बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।

उनीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन्।

उनीहरूले बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएकोलगायतमा विषयमा उनीहरूले आपत्ति जनाएका छन्।

बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मन्त्रीहरूको कदमलाई अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन्। समर्थन गर्नेहरूमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved