नागरिकता विधेयक अघि बढाउन सत्ता गठबन्धन सहमत

सत्ता गठबन्धनको आज सम्पन्न बैठक संसद्‍‌मा विचाराधीन नागरिकता विधेयक अगाडि बढाउने सहमतिमा पुगेका हुन्।

नेपालभ्युज

नागरिकता विधेयक अघि बढाउन सत्ता गठबन्धन सहमत
नागरिकताविहिनले गरेको प्रदर्शन। फाइल तस्वीर।

काठमाडौंं। सत्तारुढ गठबन्धन दलभित्र संसद्‍‌मा नागरिकता विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ।

सत्ता गठबन्धनको आज सम्पन्न बैठक संसद्‍‌मा विचाराधीन नागरिकता विधेयक अगाडि बढाउने सहमतिमा पुगेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो।

“नागरिकता विधयेकलाई टुंगोमा पुर्‍याउन अघि बढाउने निर्णय भएको छ,” बैठकमा सहभागी एक नेताले भने।

आमाको नामबाट नागरिकता दिने सम्बन्धमा नागरिकता विधेयक विवादित छ। नागरिकता विधेयकले टुंगो नपाउँदा नागरिकताबाट वञ्चितहरूले नागरिकताको प्रमाणपत्र पाइरहेका छैनन्।

त्यस्तै बैठकमा शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयमा पनि कुराकानी भएको ती नेताले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved