कागजका टुक्रा दिएर ८ लाख ठगी गर्ने फरार श्रेष्ठ पक्राउ

काठमाडौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

कागजका टुक्रा दिएर ८ लाख ठगी गर्ने फरार श्रेष्ठ पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। डलर साटिदिन्छु भन्दै ८ लाख ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

काठमाडौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काएर नगद ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका–१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई श्रेष्ठले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको बताएका थिए।

उनले उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध समेत गरेका थिए। नक्कली डलर दिएर फरार भएका ती युवकलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट शुक्रबार राति पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved