पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

भारतको सिद्धार्थनगर बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका हुन्।

नेपालभ्युज

पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता
सांकेतिक तस्वीर

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन्।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिरोले बगाएको हो। भारतको सिद्धार्थनगर बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

बेपत्ताको खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved