आठ अर्बको मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित सबैलाई सफाइ

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोगमा पूर्वमन्त्रीसमेत रहेका ठेकेदार विक्रम पाण्डेसहित सबै २१ जनाले सफाइ पाएका छन्।

नेपालभ्युज

आठ अर्बको मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित सबैलाई सफाइ

काठमाडौं। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोगमा पूर्वमन्त्रीसमेत रहेका ठेकेदार विक्रम पाण्डेसहित सबै २१ जनाले सफाइ पाएका छन्।

नहर बनाउने ठेकेदार र गुणस्तरमा सम्झौता गर्ने प्राविधिकसहित जिम्मेवार सबैले अदालतबाट सफाइ पाएका हुन्। १३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुंग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारको मुद्दामा सबै २१ जनालाई दुई÷दुई वर्ष जेल राख्न माग गरिएको थियो भने समग्रमा बिगो र जरिवानाबापत ८ अर्ब ६० करोड रकम दाबी गरिएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डेसहित सबै आरोपितलाई सम्पूर्ण रूपमा सफाइ दिएको छ।

बाँकेको ४२ हजार ७ सय ५५ हेक्टर जमिन सिँचाइ गर्न २०६१ मा सिक्टा आयोजनाको निर्माण सुरु भएको थियो। यसका लागि पाण्डे सञ्चालक रहेको कालीका कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको थियो। १२ वर्षको निर्माणपछि २०७३ मा परीक्षणकै क्रममा पानी छाड्दा मूलनहर नै भत्किएपछि ठेकेदार र प्राविधिकविरुद्ध २१ मंसिर २०७५ मा मुद्दा दायर भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved