टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपालभ्युज

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल। कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।

टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved