सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, ७ जना घाइते

नेपालभ्युज

सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, ७ जना घाइते

काठमाडौं। सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सर्लाहीको धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार राति १ बजे नौ जना सवार बीआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटना हुँदा चार वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरु छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्। अन्य सात घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कारका चालक भने फरार छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved