प्रधानमन्त्री देउवा गएनन् अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थिति भएनन्। आज हुने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइए पनि उनी समितिको कार्यक्रममा उपस्थित नभएका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री देउवा गएनन् अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थिति भएनन्। आज हुने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइए पनि उनी समितिको कार्यक्रममा उपस्थित नभएका हुन्।

प्रधानमन्त्री देउवाको असार अन्तिममा हुने अमेरिका भ्रमण र त्योसँगै जोडिएर आएको अमेरिकी सेनाले नेपाली सेनासँग गर्न पहल गरेको स्टेट पार्टनरशीप प्रोग्रामका विषयमा विवाद उठेपछि यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने आवाज उठेको थियो।

यसअघि प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने भनिएको थियो। प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने भनिए पनि प्रतिनिधिसभाको बैठकमा पनि उनी उपस्थित भएका थिएनन्।

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भने उपस्थित भएका थिए। दुवै जनाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अमेरिकासँग एसपीपीका विषयमा कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानसेनापति शर्मा शनिबार लेबनानको भ्रमणमा निस्किएका छन्। उनी उतैबाट अमेरिकाको भ्रमणमा जाने समेत कार्यक्रम रहेको छ। आफ्नो अमेरिका भ्रमणका समयमा नेपाली सेनालाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने सम्झौता नगर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरेका हुन्।

यस्तै सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले समेत अमेरिकासँग कुनै पनि प्रकारको सैन्य गठबन्धन नगर्ने बताए पनि उनलाई बोलाइएको प्रतिनिधिसभाको बैठक र प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने उनी उपस्थित नभएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved