साडियो माने अब बायर्नमा

लिभरपुलले म्युनिखसँग मानेका लागि ४१ मिलियन युरोको सहमति गरेको छ। मानेले जर्मन च्याम्पियन म्युनिखसँग ३ वर्षको सम्झौता गर्ने भएका छन्।

नेपालभ्युज

साडियो माने अब बायर्नमा

काठमाडौं। स्टार फरवार्ड साडियो माने बायर्न म्युनिख जाने पक्का भएको छ। मानेले आगामी सिजन जर्मन जायन्टमा बिताउने पक्का भएको हो।

इंग्लिस क्लब लिभरपुलमा रहेका सेनेगलका फरवार्ड माने जर्मन क्लब म्युनिखमा अनुबन्धित हुने पक्का हो। लिभरपुल माने बायर्नलाई बेच्न सहमत भएसँगै उनी बुन्डेसलिगा जाने भएका हुन्।

लिभरपुलले म्युनिखसँग मानेका लागि ४१ मिलियन युरोको सहमति गरेको छ। मानेले जर्मन च्याम्पियन म्युनिखसँग ३ वर्षको सम्झौता गर्ने भएका छन्।

३० वर्षीय फरवार्ड माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल पुगेका थिए। लिभरपुलबाट मानेले प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved