एमाले सांसद उठेर हिँड्दा भीम रावल सदनमै, एसपीपीबारे गृहमन्त्रीलाई सोधे प्रश्न

एमालेका सांसदहरु अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेर हिँडे तापनि भीम रावल भने बैठकमै बसे।

नेपालभ्युज

एमाले सांसद उठेर हिँड्दा भीम रावल सदनमै, एसपीपीबारे गृहमन्त्रीलाई सोधे प्रश्न

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृतलाई प्रवेश गराएर करका दर हेरफेर गरेको विषय उठाउँदै आज प्रतिनिधिसभा बैठक बहिष्कार गर्‍यो।

उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म अर्थमन्त्रीलाई अस्वीकार गर्ने भन्दै एमाले सांसद सबै सदनबाट बाहिरिए। तर एमालेकै सांसद भीम रावल भने बैठकमै बसे, विरोधमा सहभागी भएनन्।

एमालेका सांसदहरु अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेर हिँडे तापनि नेता रावलले भने जवाफ सुने। उनले गृहमन्त्री बालकृष्ण खाँणलाई अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको विषयमा प्रश्न समेत गरेका छन्।

आज बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची थियो। तर प्रधानमन्त्री अनुपस्थित हुने भएपछि उनको तर्फबाट गृहमन्त्री खाँणले जवाफ दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved