व्यापार घाटा कम गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : प्रधानमन्त्री देउवा

नेपालभ्युज

व्यापार घाटा कम गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा न्यूनीकरण गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्शले गरेको नेपाल चेम्बर एक्स्पो–२०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी उक्त बस्तुको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको बताए।

प्रदर्शनीले बस्तुको बजारीकरणका साथ मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उनले बताए। पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका हुने पनि उनले जिकिर गरे।

अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरू, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved