कोरोनाविरुद्ध खोपमा कमिसनको मौका मिले पनि मैले लिइनँ : स्वास्थ्यमन्त्री खतिवडा

नेपालभ्युज

कोरोनाविरुद्ध खोपमा कमिसनको मौका मिले पनि मैले लिइनँ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले कोरोनाविरुद्ध खोप ल्याउने विषयमा आफूलाई कमिसन खाने मौका मिले पनि आफूले नलिएको दाबी गरेका छन्।

त्यसतर्फ आफूले ध्यान नदिएको पनि उनले जिकिर गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्षका बालबालिकालाई ६ अर्ब रुपैयाँ बराबरको कोरोनाविरुद्ध खोप किन्न तयारी गरे पनि आफ्नै पहलमा त्यसलाई रद्द गरी कोभ्याक्स सुविधामा ल्याएको दाबी गरेका छन्।

मन्त्री खतिवडाले तीन महीनाअघि ८४ लाख डोज खोप किन्ने निर्णय क्याबिनेटले गरेको पनि जानकारी दिए। “तर हामीले कोभ्याक्स सुविधामा माग्यौँ। डब्लुएचओ प्रमुख ट्रेड्रोस नेपाल आएका बेला अनुरोध गरेका थियौँ, फलस्वरुप उहाँले पनि नेपालले खोपमा राम्रो प्रगति राम्रो भएको भन्दै ६ अर्ब बराबरको खोप कोभ्याक्स सुविधामा पाएको हो,” उनले बताए।

उनले थपे, “यो नै जवाफ काफी हुने हो। झ्याम्म गएर ठोक्या भए त वैधानिकै हुन्थ्यो। त्यहाँबाट आउँदो पनि रहेछ अलिकति माल। त्यो पनि पहिलोपटक चाख्न पाउँथें। स्वादै हुन्थ्यो होला। तर त्यो बाटो मैले समाइनँ। सुविधाकै खोप ल्याएका छौँ।”


Comment

One thought on “कोरोनाविरुद्ध खोपमा कमिसनको मौका मिले पनि मैले लिइनँ : स्वास्थ्यमन्त्री खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved